गठबन्धनलाई संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने जसपाको निर्णय
काठमाडौं । विभाजित जनता समाजवादी पार्टीको संस्थापन पक्षले सत्तारुढ पाँचदलीय गठबन्धनलाई आगामी संघीय र प्रदेश चुनावसम्म निरन्तरता दिने निर्णय गरेको छ । वीरगञ्जमा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी र केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्षउपेन्द्र यादवले लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरतातर्फ अगाडि बढाउन गठबन्धनको निरन्तरता आवश्यक रहेको बताए । स्थानीय चुनावका केही तिता अनुभव भए पनि मुलुकका लागि गठबन्धन अझै आवश्यक रहेको यादवको भनाई छ । छआगामी निर्वाचनमा तालमेल गरेरै जाने हाम्रो निष्कर्ष छ,’ उनले भने ।
यादवले पार्टीको हितविपरीत काम गरेकाले डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरिएको बताए । आफूहरुसँग पार्टीको दुईतिहाइ शक्ति रहेको उनको दाबी छ । उनले आफूहरुले चाहेजस्तो नागरिकता विधेयक संसदबाट पारित हुन लागेको भन्दै खुशी व्यक्त गरे । बाबुआमाले जुनसुकै नागरिकता पाएको भए पनि छोराछोरीले वंशजकै नागरिकता पाउने व्यवस्था यस विधेयकले गरेको यादवको भनाइ छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #उपेन्द्र यादव, #जनता समाजवादी पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्