भारत भ्रमण गठबन्धनका लागि अर्थपूर्ण : अध्यक्ष ‘प्रचण्ड’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण राजनीतिक तथा सद्भावना भ्रमणका रुपमा रहेको बताउनुभएको छ ।
आज भारत जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै अध्यक्ष प्रचण्डले आफ्नो भ्रमण नेपाल र गठबन्धनका लागि अर्थपूर्ण रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले भारत भ्रमणका विषयमा आज बिहान मात्र प्रधानमन्त्री शेरबहादुर देउवासँग र यसअघि नै परराष्ट्र मन्त्री नारायण खड्कासँग छलफल भएको समेत जानकारी दिनुभयो ।
उहाँले छिमेकी देशहरूसँग सन्तुलित परराष्ट्र नीतिमा आफूहरू स्पष्ट रहेको भन्नुहुँदै भारतबाट फर्केपछि चीन भ्रमणमा जाने बताउनुभयो ।
अध्यक्ष दाहाल तीन दिने भारत भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको हो
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्