माओवादीबाट निर्वाचित वडाध्यक्ष रेग्मीले जाँड खाएर प्रहरीमाथि दुर्व्यवहार
धादिङ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ८ मा माओवादीबाट निर्वाचित वडाध्यक्ष रामकृष्ण रेग्मीले जाँड खाएर प्रहरीमाथि दुर्व्यवहार गरेका छन् ।
रेग्मीले कलंकीको एक होटलबाट मादक पदार्थ सेवन गरेर सरकारी बाइकमा पछाडि विष्णु रेग्मीलाई राखेर कलंकीबाट नौबिसे तर्फ जाँदै गर्दा नागढुङ्गा चेकपोस्टले रोक्न खोज्दा उल्टै प्रहरीलाई गाली गलौज गरेका थिए ।
उनले प्रहरीले मापसे चेक गर्न खोज्दा औँला ठड्याउँदै, छाती पिट्दै तथानाम अपशब्द गरेका थिए ।
त्यहाँबाट भागेर जाने क्रममा पिप्लामोडमा ट्राफिकले रोकेर मापसे चेक गर्न खोज्दा उल्टै ट्राफिकको मापासे चेक गर्ने ब्रेथलाइजर नै खोस्न खोजेका थिए ।
केहिबेरको भनाभनपछि रेग्मीलाई नागढुङ्गा प्रहरीले नियन्त्रणमा लिई ५ घन्टा थुनेर छोडेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #धुनिबेशी नगरपालिका, #रामकृष्ण रेग्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्