जसपाद्धारा डाक्टर भट्टराई सहित ९ जना नेतालाई कारबाही
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई लगायत ९ जनालाई पदमुक्त गरेको छ । जसपाको वीरगन्ज केन्द्रीय कमिटीको बैठकले ९ जनालाई पदमुक्त गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
पदमुक्त हुनेमा बाबुराम भट्टराईसँगै हिसिला यमी, महेन्द्र यादव, दुर्गा शोप, प्रशान्त सिंह र गंगा श्रेष्ठ छन्।
त्यस्तै बैठकले रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरीलाई पदमुक्त गरेको हो। कारबाहीमा परेका ८ जना कार्यकारिणी सदस्य हुन्।
भट्टराईले मंगलबार र बुधबार दुई दिन काठमाडौंमा छुट्टै भेला बोलाएर आफुसँग बहुमत सदस्य रहेको दाबी गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #उपेन्द्र यादव, #जनता समाजवादी पार्टी, #बाबुराम भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्