शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको छ: झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो रहेको बताएका छन् । फोकस नेपालले २०९औँ भानुजयन्ती एवं गुरुपूर्णिमाका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान शिक्षा नीति र आगामी चुनौती विषयक अन्तक्र्रिया तथा सम्मान’ कार्यक्रममा उनले शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको बताएका हुन् ।
“संविधानले निर्देश गरेबमोजिम नेपालको शिक्षा क्षेत्रमा जुन किसिमले विकास हुनुपर्ने हो त्यो हुनसकेको छैन, यो नेपालको शिक्षा क्षेत्रका लागि विडम्बना हो, शिक्षा क्षेत्रमा परिवर्तनको खाँचो छ”, उन भने । पूर्वप्रधानमन्त्री खनालले तीनवटा विषयमा डिग्री गरेका व्यक्तिले समेत रोजगारी प्राप्त गर्न नसकेको गुनासो गरे । उनले अहिलेको साक्षरताले आगामी बाटो तय गर्न नसक्ने भन्दै नैतिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई जोड दिनुपर्ने बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षामा समयसापेक्ष विकास हुनुपर्ने बताए । “देशको विकासका लागि शिक्षा र स्वास्थ्य क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ”, उनले भने । राज्यमन्त्री श्रेष्ठले प्राविधिक शिक्षा अबको आवश्यकता भएको उल्लेख गरे । उनले शिक्षा र स्वास्थ्य क्षेत्र देशमा राम्रो हुनुपर्छ भनेर आफूले निरन्तर संसद्मा कुरा उठाउँदै आएको बताए ।
उच्च माध्यमिक विद्यालय सङ्घ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवालले मुलुकको विकासका लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए । शिक्षाको पहुँच ग्रामीण स्तरसम्म पुगे पनि गुणस्तरीय शिक्षा नहुँदा बेरोजगारीको समस्या भएको बताए । प्रविधिमूलक शिक्षालाई जोड दिनसके बेरोजगारीको अन्त्य हुने उनको भनाइ थियो ।
फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको चर्चा गर्दै रोजगारी प्रदान गर्ने खालको शिक्षा दिनेगरी अबको शिक्षा नीति परिवर्तन गर्नुपर्ने बताए । सोही अवसरमा नेपालको शिक्षा क्षेत्रको विकासमा विशेष योगदान पु¥याएका शैक्षिक संस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #झलनाथ खनाल, #पूर्वप्रधानमन्त्री झलनाथ खनाल, #फोकस नेपाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्