Techie IT
शनिबार, साउन २३,२०८३

शेरबहादुर देउवामाथि धरपकड गरे प्रतिरोधमा उत्रने चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेपाल फर्किँदा प्रहरीले धरपकड गरे प्रतिरोधमा उत्रने नेता शशांक कोइरालाले चेतावनी दिएका छन् ।

यही साउन २६ गते स्वदेश फर्किने तयारीमा रहेका देउवालाई प्रहरीले धरपकड गर्न सक्ने आशंका गर्दै कोइरालाले चेतावनी दिएका हुन् ।

नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले चुनदेवीमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक कोइरालाले देउवा नेपाल फर्किंदा धरपकड भए विरोधमा उत्रिने बताए ।

देउवाले संस्थापन इतर पक्षको भेलालाई साउन २९ गते सम्बोधन गर्ने तयारी छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्