नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन गर्ने
काठमाडौं । नेपाल शिक्षक महासंघले आगामी भदौदेखि पुनः देशव्यापी आन्दोलन थाल्ने घोषणा गरेको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले विद्यालय शिक्षामा सुधारका बिषयमा यसअघि भएको सहमति कार्यान्वयनको माग गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने र विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने लगायतका आफूहरुका मागका बारेमा सरकारलाई जानकारी गराउने र आन्दोलन पनि संगसंगै अघि बढाइने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । भदौ लाग्ने बित्तिकै विस्तारित कार्यसमितिको बैठक बस्ने र त्यसअघि शिक्षा तथा खेलकुद मन्त्रीसमक्ष मागहरू सूचीकृत गरी ध्यानाकर्षण पत्र बुझाइने उनले जानकारी दिए ।
उनले शिक्षक तथा कर्मचारीहरूका दुख–मर्का र पीडाहरू बढेकाले सहभागीता झन् बढ्ने भन्दै आन्दोलन क्रमशः पालिका, जिल्ला र प्रदेश हुँदै काठमाडौँसम्म आइपुग्दा यसअघिको भन्दा अझ ठूलो र सशक्त हुने उल्लेख गरेका छन् ।
महासंघले आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रारम्भिक बाल कक्षाका शिक्षक, विद्यालय कर्मचारी र सिकाइ अनुदानका शिक्षकहरूलाई तलब वृद्धि, प्रोत्साहन भत्ता र महँगी भत्ता उपलब्ध नगराएर विभेद गरेको जनाएको छ । साथै महासंघले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत लगानी गर्न सरकारसँग माग गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल शिक्षक महासंघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्