उपसभामुखमा गठबन्धनबाट कांग्रेसकी सांसद पुष्पा भुसालको उमेदवारी दर्ता
काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपसभामुख मनोनयन दर्ता गराउनुभएको छ । संसद भवनको ल्होत्से हलमा पुगेर पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट सांसद भुसाललाई उपसभामुखको उम्मेदवारी दर्ता गराउनुभएको हो ।
भुसालको नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरूङ प्रस्तावक र नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीकुमारी चौधरी समर्थक रहनुभएको छ । साढे २ वर्षदेखि रिक्त रहेको उपसभामुखका लागि आज बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी मनोनयन गर्न पाइने संसद सचिवालयले जनाएको छ।
आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #उपसभामुख मनोनयन दर्ता, #पुष्पा भुसाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्