Techie IT
आईतबार, भदौ १४,२०८३

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूद्वारा धारणा राख्ने क्रम जारी


काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज पनि विभिन्न सदस्यहरुले आ–आफ्नो धारणा राख्नुभएको छ ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको बैठकमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, डा. रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, दिलेन्द्रप्रसाद बडू, एन.पी. साउद, ईश्वरी न्यौपाने, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई, सरिता प्रसाईँ, बहादुर सिंह (लामा) तामाङ, लक्ष्मी परियार, रामजनम चौधरी, कल्पना चौधरीले आ–आफ्नो धारणा राख्नुभयो ।

यस्तै बैठकमा यज्ञराज जोशी, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, आङ्गेलु शेर्पा, प्रदीपकुमार सुनुवार, अब्दुल सत्तार, राजीव ढुङ्गाना, राजीवविक्रम शाह, डा. चन्द्रमोहन यादव, चम्पादेवी खड्का, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, सरस्वती अर्याल तिवारी, जावेदा खातुन जागा, हरिशरण नेपाली, नगिना यादव, अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, भीम पराजुली, कान्तिका सेजुवाल, गणेश लामा, रुपा वि.क., विद्यादेवी तिमिल्सीना र जीवन रानाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

असार २७ गतेदेखि जारी बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस


तपाईको कमेन्ट लेख्नुहोस्