एमाले अध्यक्ष ओली र लिउबीच दुई देश बीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनु भएका चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओबीच आज दुई देश बीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको छ ।
अध्यक्ष ओली निवास बालकोटमा भएको भेटमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा आइरहेको बदलावका बाबजुद पनि चीन र नेपालका सम्बन्धका आधार पारस्परिक समानता, हित र लाभका आधारमा अगाडि बढ्नुपर्छ भन्ने विषयमा उहाँहरुबीच प्रतिबद्धता जाहेर भएको वार्तामा सहभागी एमाले नेता राजन भट्टराईले बताउनुभयो ।
भेटवार्ता पछि पत्रकारसँग कुराकानी गर्दै नेता भट्टराईले अध्यक्ष ओलीले नेपालले विगतदेखि लिँदै आएको एक चीनको नीति र नेपाली भूभाग कुनै पनि मित्र राष्ट्रका विरुद्ध प्रयोग हुन नदिने देशको पुरानो प्रतिबद्धतामा नेकपा एमाले प्रतिबद्ध रहेको र त्यो प्रतिबद्धतालाई निरन्तर रुपमा अगि बढाउन चाहेको बताउनुभएको नेता भट्टराईको भनाई छ ।
यसैगरी चीनले नेपाललाई नजिकको मित्रराष्ट्रको रुपमा हेरेको तथा महत्त्वपूर्ण विकासको साझेदारको रुपमा रहँदै आएको र त्यसलाई निरन्तर रुपमा चीनले अगाडि बढाउन चाहेको विदेश विभाग प्रमुख जियान्चाओले बताउनुभएको भट्टराईले जानकारी दिनुभयो ।
बाम एकताको विषयमा चीनले हस्तक्षेप नगर्ने र यो विषय नेपालका कम्युनिष्ट पार्टीको आन्तरिक मामला भएको भेटका क्रममा प्रमुख जियान्चाओले धारणा राख्नुभएको नेता भट्टराईको भनाई रहेको छ ।
भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई, बिष्णु रिमाल, प्रदीप ज्ञवाली लगायत सहभागी हुनुहुन्थ्यो ।
आइतबार काठमाडौँ आउनु भएका लिउले भोलि राष्ट्रपति विद्यादेवी भण्डारी र आजै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँग पनि भेट्न कार्यक्रम रहेको बताइएको छ ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग आइतबार र सोमबार माओवादी अध्यक्ष प्रचण्डसँग भेट भइसकेको छ ।
६ सदस्यीय टोलीको नेतृत्व गर्दै आइतबार नेपाल आउनुभएका लिउको भ्रमणको संयोजन नेपालस्थित चिनियाँ दूतावासले गरेको छ ।
भ्रमण टोलीमा चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू फङ स्यौपिन, छाङ ज्यौछिन, छोइ च्याङ, चङ योया र वन चाङ्ता रहनुभएको छ ।
दुई देश र नेपालका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्न लिउ नेपाल आउनुभएको हो ।
विदेश विभाग प्रमुख लिउ जियान्चाओ नेतृत्वको भ्रमण टोली भोलि बेइजिङ फर्कने कार्यक्रम रहेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #लिउ जियान्चाओ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्