बागमती प्रदेश सरकारले विभिन्न व्यक्ति तथा संस्थालाई पदक प्रदान गर्ने
बागमती। बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ठ योगदान पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानस्वरुप पदक वितरण गर्ने भएको छ । विभिन्न २२ विधामा पदक वितरण गर्न लागेको प्रादेशिक आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रशासन तथा योजना शाखाका अधिकृत पेशलकुमार पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार यही असार ३० गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले पदक वितरण गर्नुहुने छ । गणतन्त्र दिवसका अवसरमा निर्णय भएअनुसार उहाँहरुलाई सम्मान गर्न लागिएको अधिकृत पोखरेलले बताउनुभयो । उहाँका अनुसार सुरक्षातर्फ ‘शान्तिमाला’ पदक नेपाल प्रहरीका तीनजनालाई, ‘प्रदेश रक्षक’ पदक सशस्त्र प्रहरी बलका एकजनालाई, ‘शान्तिदीप’ पदक नेपाली सेनाका एकजनालाई, शिक्षातर्फ ‘प्रदेश दीप’ पदक चारजनालाई, स्वास्थ्यतर्फ ‘मृत्युञ्जय’ पदक दुईजनालाई, खेलकूदतर्फ ‘प्रदेश शान’ पदक दुईजनालाई प्रदान गरिने छ ।
त्यस्तै कृषितर्फ ‘कृषि किरण’ पदक दुई कृषि फर्मलाई, सहकारीतर्फ ‘सहकारी प्रवद्र्धन’ पदक दुई सहकारीलाई प्रदान गरिने भएको छ । प्रदेश सरकारले उद्योगतर्फ ‘उद्यमशीलता’ पदक तीनजनालाई, पर्यटनतर्फ ‘प्रदेश द्रष्टा’ पदक एकजनालाई, वातावरणतर्फ ‘वातावरण संरक्षण’ पदक एकजनालाई, पूर्वाधार विकासतर्फ ‘विकास सेवी’ पदक एकजनालाई, सूचना तथा सञ्चारतर्फ ‘प्रदेश दूत’ पदक तीनजनालाई, विज्ञानतर्फ ‘अन्वेषण’ पदक एकजनालाई, प्रविधितर्फ ‘नव प्रवर्तन’ पदक दुईजनालाई, भाषातर्फ ‘सुभाषिक’ पदक एकजनालाई, कलातर्फ ‘कलाकीर्ति’ पदक तीनजनालाई, संस्कृतितर्फ ‘संस्कृतिदीप’ पदक एकजनालाई , साहित्यतर्फ ‘प्रदेश द्रष्टा’ पदक एकजनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ ‘जनसेवा’ पदक एकजनालाई, विपद् व्यवस्थापनतर्फ ‘विपदसेवी’ पदक दुई नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ ‘प्रदेश परोपकार’ पदक छजनालाई प्रदान गर्न लागिएको उक्त मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पदक ग्रहण गर्न आउँदा औपचारिक पोशाक दौरा सुरुवाल तथा आफ्नो पहिचान झल्कने वेषभूषामा उपस्थित हुन आग्रह गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #बागमती प्रदेश, #बागमती प्रदेश सरकार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्