राप्रपा महिला संघको बैठकमा कुटपिट
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संघको आइतबार बसेको बैठकमा कुटाकुट भएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा दुई पक्षबीच कुटाकुट भएको हो ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिन अघि राप्रपा महिला संघको अध्यक्षमा अन्जना रावल शाहलाई नियुक्त गरेका थिए ।
पार्टी बाहिरको मान्छे शाहलाई अध्यक्ष नियुक्त गरेको भन्दै कुमारी तामाङलगायतको समुहले विरोध गरेका थिए ।
आजको पहिलो बैठकमा उनीहरुले विरोध गरेका हुन् ।
विवादपछि दुई पक्षबीच भनाभन हुँदै हानाहानसम्म पुगेको हो । हानाहानको क्रममा राप्रपाका महामन्त्रीद्वय कुन्ती शाही र राजेन्द्र गुरुङसहित केही घाइते भएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्