बुढिगंगा एमालेको सानदार जीत: ७ वडाध्यक्षसहित प्रमुख उपप्रमुखमा निर्वाचित
काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर–उपमेयरमा नेकपा (एमाले) विजयी भएको छ ।
आइतबार सकिएको मतगणनाअनुसार १० वटा वडामध्ये ७ वडाध्यक्षसहित एमालेका उम्मेदवार विजयी भएका हुन् ।
नेपाली कांग्रेसले ३ वटा वडा जितेको छ । वडा नम्बर १, २, ३ , ५, ६, ९, र १० मा एमाले ४, ७ र ८ को अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए ।
मेयरमा एमालेका रामबहादुर बानियाँले ४ हजार ७७७ मतसहित विजयी हुँदा कांग्रेसका रङ्गबहादुर खातीलले ३ हजार ७७४ मत ल्याएका छन् ।
त्यस्तै, उपमेयरमा एमालेकी मायाकुमारी खड्का ४ हजार ७२७ मतसहित निर्वाचित हुँदा कांग्रेसकी रिता शाही ३ हजार ७५५ मत ल्याएका छन् ।
मेयरमा १ हजार ३ र उपमेयरमा ९७२ मतको फरक छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बुढीगंगा नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्