बुढीगङ्गामा चार वडा जितेर एमाले दोब्बर मतले अगाडी
बाजुरा । बाजुराको बुढीगंगाका नगरपालिकाका वडा नम्बर १, २, ९ र १० नम्बर वडाको मतगणना सकिएको छ । गणना सकिएका ४ वटै वडामा वडा अध्यक्षसहित एमालेको सिंगो प्यालन विजयी भएको छ ।
मयेर उपमेयरमा पनि एमालेका उम्मेदवारफराकिलो अन्तर सहित अगाडि रहेका छन् । चार वटा वडाको मत गणना सकिँदा एमालेका मेयरका उम्मेदवार रामबहादुर बानियाँ ११ सय ५२ मतले अगाडि हुनुहुन्छ । बानियाँले २ हजार ४ सय ४३ र काँग्रेसका रंग खातीले १२ सय ९१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयरमा एमाले उम्मेदवार माया खड्का कुँवर ११ सय ५ मतले अगाडि हुनुहुन्छ । कुँवरले २४ सय १७ प्राप्त गर्दा कांग्रेसकी उम्मेदवार रिता शाहीले १३ सय १२ मत प्राप्त गर्नुभएको छ ।
बुढीगंगामा ९ हजार १ सय १७ मत खसेको छ ।
अहिले वडा नम्बर ३ र ८ को गणना सुरुभएको छ । गणना हुने ३ नम्बर वडाममा एमालेको र ८ नम्बर वडामा काँग्रेसको पकड छ । ३ नम्बर वडा एमाले नेता लालबहादुर थापा, एमाले उपमेयरका उम्मेदवार माया कुँवर र काँग्रेसबाट उपमेयरका उम्मेदवार रिता शाहीको गृह वडा हो । ८ नम्बर एमाले मेयरका उम्मेदवार रामबहादुर बानियाँ र काँग्रेस बाजुराका नेता मनबहादुर रावलको गृह वडा हो । मतगणना भोली बिहानसम्म सकिने अनुमान गरिएको निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थिले बताउनु भयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #एमाले विजयी, #बुढीगंगाका नगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्