संसदीय समिति गठन र अर्थमन्त्रीलाई बर्खास्त गर्नुपर्ने एमालेको माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि संसदीय समिति गठन र मन्त्रीलाई बर्खास्त गर्नुपर्ने माग राखेको छ ।
बुधवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सचेतक विशाल भट्टराईले बजेट निर्माण गर्दा बाह्य व्यक्ति प्रवेश गराएर राष्ट्रघाती काम गरिएको भन्दै अर्थमन्त्री पदमा रहिरहन नमिल्ने समेत बताउनुभयो।
उहाँले सरकारी डकुमेन्ट गायब बनाएको र सिसिटिभी फुटेज समेत मेटाइएकाले अर्थमन्त्रीको नियत खराब देखिएको बताउनुभयो। उक्त घटनाका विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने आफूहरूको अर्को माग गरेको उहाँको भनाई छ । उहाँले छानबिन समिति गठन भए पनि अर्थमन्त्री पदमा बस्न नमिल्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : ##एमाले, #विशाल भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्