अर्थमन्त्रीलाई तुरुन्त बर्खास्त गरियोस्ः विष्णु रिजाल
काठमाडौँ। नेकपा (एमाले)का केन्द्रीय सदस्य एवम् प्रचार विभागका उपप्रमुख विष्णु रिजालले अर्थमन्त्री जनार्दन शर्मालाई उन्मुक्ति दिन नमिल्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर शान्ति प्रक्रियाका नाममा उन्मुक्ति पाए जस्तो अर्थमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने बताएका हुन् ।
रिजालले लेखेका छन्, ‘युद्ध सकिएपछि बेचिएका हतियार ‘खोलाले बगायो’ भनेर शान्ति प्रक्रियाका नाममा उन्मुक्ति पाए जस्तै अहिले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई मन्त्रालयमै राखेर करका दर निर्धारण गरेको घटनामा कुनै पनि हालतमा उन्मुक्ति दिनै मिल्दैन । राज्यमाथि नागरिकको विश्वास कायम राख्न र शपथग्रहणको मर्यादा जोगाउन पनि यिनलाई तुरुन्त बर्खास्त गरियोस् ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #विष्णु रिजाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्