श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान छ: प्रदीप पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उहाँले गिरिजाबाबु श्रमिकनेता हुनुहुन्थ्यो भन्नुभयो ।
उहाँले संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको हकहितमा उभिन सहज हुने बताउनुभयो । आजको प्रतिस्पर्धात्मक बजारमा युनियनको भूमिका ज्यादै रहेको उहाँको भनाइ छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपाल टेलिकमभित्र आबद्ध कर्मचारीको हक–अधिकार रक्षाका लागि नेपाल टेलिकम वकर्स युनियनले सराहनीय काम गर्दै आएको बताउनुभयो । उहाँले व्यवस्थापन र कर्मचारीबीचको सेतुको भूमिका युनियनले खेलेको उल्लेख गर्नुभयो ।
नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेश समितिका अध्यक्ष अच्युत ओझा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँका पूर्वअध्यक्ष गणेश भट्टराईलगायतले नेपाल टेलिकमभित्रको समस्या समाधानका लागि व्यवस्थापन र कर्मचारी युनियन सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्