उपराष्ट्रपति यादव कतार प्रस्थान
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारका पूर्व अमिर शेख हमाद बिन खलिफा अल थानीको निधनमा समवेदना व्यक्त गर्न मंगलबार कतार प्रस्थान गरेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको तर्फबाट समवेदना सन्देश लिएर उपराष्ट्रपति यादव कतार गएका हुन् । कतारका वर्तमान अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधन भएपछि नेपाल सरकारको तर्फबाट श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्न उनी कतार प्रस्थान गरेका हुन् ।
उपराष्ट्रपति यादवले कतारमा रहँदा त्यहाँका उच्च अधिकारीहरूसँग भेट गरी नेपालका तर्फबाट समवेदना व्यक्त गर्ने कार्यक्रम छ ।
शेख हमाद बिन खलिफा अल थानीले सन् १९९५ देखि २०१३ सम्म कतारको अमिरका रूपमा नेतृत्व गरेका थिए । उनको निधनपछि विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले शोक व्यक्त गरिरहेका छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #उपराष्ट्रपति यादव कतार प्रस्थान
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्