मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७६ सर्वसम्मतिले पारित
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ सर्वसम्मतिले पारित गरेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरियोस् भनी सभा समक्ष पेश गर्नुभएको थियो ।
यस्तै आजै राष्ट्रिय सभामा उत्पत्ति भएका तीन वटा विधेयक पनि प्रतिनिधि सभामा टेबुल गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका औषधी (तेस्रो संशोधन) विधेयक, २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ र रेल्वे विधेयक, २०७९ टेबुल गर्नुभयो ।
यस्तै बैठकले “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने भएको छ ।
प्रधानमन्त्री श्री शेरबहादुर देउवाको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेश गर्नुभएको राष्ट्रिय सभामा उत्पत्ति भएको “नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको हो ।
यस्तै सरकारको आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन पनि प्रतिनिधि सभामा पेश भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷२०७८” सभा समक्ष पेश गर्नुभयो ।
यस्तै बैठकमा प्रतिनिधि सभाका सचिव श्री गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पत्ति भएका विनियोजन विधेयक, २०७९ , आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ तथा ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउनु भयो ।
यस्तै बैठकमा कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” ,तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९सभा समक्ष पेश गर्नुभयो ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य श्री मुकुन्द न्यौपानेका तर्फबाट सांसद देवेन्द्र राज कँडेलले “सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९” सभासमक्ष पेश गर्नुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक यही असार २२ गते बुधवार बिहान ११ बजे बस्ने छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रतिनिधिसभा, #मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्