संसदमा ओली: इनफ इज इनफ, अब जनता सडकमा आइसके
काठमाडौँ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा डेढ घण्टा सम्बोधन गरेका छन् ।
ओलीले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई कुनै निश्चित घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरिएको तर्फ संकेत गर्दै इनफ इज इनफ भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।
अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध भएको बताउँदै विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने बताए । उनले भने, ‘त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला ? त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्यो ।’
त्यस्तै अर्थमन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनमात्रै रहन्छ भन्ने स्पष्टिकरणका विषयमा पनि ओलीले कडा प्रश्न गरेका छन् । उनको प्रश्न छ, ‘फुटेज हटाउने को हो ? कसको आदेशमा ? किन ? कसले भनेको थियो १३ दिनमा डिलिट गर्न ?’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्