तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व उपप्रधानमन्त्रीबीच सामूहिक भेटवार्ता
काठमाडौं। तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व उपप्रधानमन्त्रीबीच सामूहिक भेटवार्ता भएको छ। साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ।
ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा भएको भेटमा वर्तमान राष्ट्रिय राजनीतिलगायत विविध विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी गांगा दाहालले जानकारी दिनुभयो।
भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको उहाँको भनाइ छ। पाँच नेताबीचको भेटमा छलफललाई निरन्तरता दिने समझदारी भएको उहाँले प्रष्ट पार्नुभयो।
‘‘भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको छ’’, दाहालले फेसबुकमा लेख्नुभएको छ, ‘‘नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।’’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #झलनाथ खनाल, #धव नेपाल, #नारायणकाजी श्रेष्ठ, #पुष्पकमल दाहाल, #माधव नेपाल, #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्