सत्ता गठबन्धन चुनावसम्म टिक्दैन: नेकपा एमाले
काठमाडौँ । नेकपा (एमाले)ले विद्यमान पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नटिक्ने निष्कर्ष निकालेको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धन चुनावसम्म नजाने बताएका हुन् ।
गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम नहुने एमालेको विश्वास रहेको छ ।
‘गठबन्धनमा रहेका दलहरुमा एक अर्कापति अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित ग¥यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरु देखापरेको छ यो चिज हेरौं न कसरी जााँदो रहेछ’ उनले भने ।
जसपा विभाजनको संघारमा पुगेको र कुन दलसँग हात मिलाउँछ भन्ने टुंगो नभएको बताउँदै उपमहासचिव गुरुङले भने, ‘हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन ।’
उनले अघि भने, ‘अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरुमा अन्तरविरोध सुरु भइसकेको छ । जे होस् गठबन्धन सग्लो रुपमा रहन्छ भन्ने विश्वास छैन ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #आगामी निर्वाचन, #नेकपा एमाले, #सत्ता गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्