यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा आयोजित संसद् दिवस कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणालीलाई बलियो बनाउन आवधिक निर्वाचनले महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले निर्वाचन समयमै गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री देउवाले सांसदहरुले दलीय राजनीति भन्दा माथि उठेर काम गर्नुपर्ने र सङ्घीय शासन प्रणालीलाई बलियो बनाउँदै तथा दिगो शान्ति कायम गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले जनप्रतिनिधिले जनता र राष्ट्रको सर्वोपरि हितका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसद्, जनता तथा राष्ट्रको आवाज उठाउने थलो भएकोले देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपान्तरणका लागि संसद्लाई सुरक्षित तथा सम्मानपूर्वक रुपमा सुचारु गर्नुपर्ने बताउनुभयो ।
संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले संसद् अवरुद्ध हुने कारणबारे अध्ययन, छलफल गर्नुपर्ने भन्दै सरकारका काम कारबाहीबारे संसदमा प्रश्न उठेपछि त्यसको छानविन हुनुपर्ने बताउनुभयो ।
यसैगरी नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा राजनीतिक स्थिरता, सामाजिक न्याय, आर्थिक विकास, सुशासन, भ्रष्टाचारमुक्त समाज आवश्यक भएको भन्नुहुँदै सबैले यसमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरालाले संसद् बनाउने कुरामा सांसदहरू केन्द्रित हुनुपर्ने भन्दै अध्यादेशबाट मुलुक चलाउनुपर्ने अवस्था आउन दिन नहुने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #प्रधानमन्त्री, #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्