शेखर कोइराला समूहको बैठक आज बस्दै
काठमाडौँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्दै छ । कोइरालाको सचिवालयका अनुसार दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बैठक बोलाइएको छ।
शेखर समूहले निर्वाचन समूह, भातृ संस्थामा गरिएको एकलौटी मनोनयन लगायतका विषयमा छलफल गर्ने तयारी छ । स्थानीय निर्वाचनबारे काँग्रेसभित्र निर्वाचन समीक्षालाई लिएर कुनै पनि छलफल भएका छैनन् ।
तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा देउवाले कोइराला पक्षसँग छलफल नै नगरी एकलौटी मनोनयन गरेका थिए । त्यसपछि कोइराला समूह रुष्ट बनेका थिए । कोइराला सचिवालयले देउवाले आफूले अबदेखि शेखर समूहसँग सल्लाह लिने बताए पनि त्यसलाई कार्यान्वयन नगरेको जनाएको छ ।
केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष चुनेका थिए । त्यसमा उनले शेखर समूहसँग कुनै छलफल गरेका थिएनन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #डा. शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्