एमालेद्धारा गण्डकी प्रदेश सरकारको राजीनामा माग
कास्की । नेकपा एमालेले गण्डकी प्रदेश सरकारको राजीनामा माग गरेको छ ।
एमालेको संसदीय दलले आज बुधबार पत्रकार सम्मेलन गरी सरकारको राजीनामा माग गरेको हो । वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटमाथि निकास दिन नसकेको आरोप एमालेले लगाएको छ ।
दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धन दलबीचको विवादले बजेट छलफल रोक्न नमिल्ने बताउँदै नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्ने बताए । नेता गुरूङले नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित हुनुको कारण माग गर्दै सरकारले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् ।
दलहरू भित्रको विवाद मुख्यमन्त्रीको समस्या भएको बताउँदै उनले संसद रोक्न नहुने तर्क गरेका छन् । मुख्यमन्त्रीले अर्थमन्त्री हटाउन सक्नुपर्ने वा मुख्यमन्त्री स्वयम्ले राजीनामा दिनुपर्ने तर्क नेता गुरुङको छ ।
गण्डकी प्रदेशमा असार १ गते बजेट पेश गरेपछि अहिलेसम्म संसद् स्थगित छ । अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा नराखेपछि सरकारले नै बजेट छलफल रोकेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #गण्डकी प्रदेश सरकार, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्