पूर्वप्रधानमन्त्री केपी ओली आफैँ रोपाईंमा सहभागी हुने
काठमाडौँ । राष्ट्रिय धान दिवसका अवसरमा नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफैँ रोपाईंमा सहभागी हुने भएका छन् ।
एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले दिवसको अवसरमा वुधवार आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सहभागी भइ धान रोप्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम वुधबार दिउँसो १२ बजे भक्तपुरको सिरुटारमा हुने किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जनाएका छन् ।
कार्यक्रममा अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नेछन् । ‘आम किसानको हौसला बृद्धि गर्न अध्यक्ष कमरेड रोपाई महोत्सवमा सहभागी भई मेसिनबाट धान रोप्नुहुनेछ,’ दंगालले भने ।
१९औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वसको अवसरमा महासंघले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको हो ।
महासंघले धानमा जैविक विविधताको उपयोग, आयात प्रतिष्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको मनाउने भएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #राष्ट्रिय धान दिवस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्