मन्त्री पद गुमेका समाजवादीका नेताहरु बैठकमा गएनन्
नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठकमा मन्त्री पद गुमेका नेताहरु मंगलबार पनि उपस्थित भएका छैनन्। नेताहरु प्रेम आले, रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ(किसान) बैठकमा उपस्थित नभएका हुन्। बैठकमा विरोध खतिवडा भने उपस्थित छन्।
खतिवडा सोमबारको बैठकमा पनि साँझ एकैछिन गएका थिए। सोमबारको बैठकमा पुगेकी झाँक्री भने मंगलबार गएकी छैनन्।आलेको मोवाइलमा सम्पर्क हुन सकेन भने श्रेष्ठ पारिवारिक काममा व्यस्त भएको भन्दै बैठकमा नगएको बुझिएको छ।नवनियुक्त मन्त्रीमध्ये स्वास्थमन्त्री भवानी खापुङ मात्र बैठकमा उपस्थित छन्।अध्यक्ष माधवकुमार नेपालले पेश गरेको सांगठनिक र राजनीतिक प्रतिवेदनमा ११ ओटा समूहले सुझाव पेश गर्दैछन्।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #प्रेम आले, #रामकुमारी झाँक्री
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्