नयाँ पार्टी दर्ता गर्दै वामदेव गौतम
काठमाडौं । नेकपा एकता अभियान सञ्चालन गरिरहनुभएका नेता वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने हुनुभएको छ । उहाँले आज पत्रकार सम्मेलन गरेर नयाँ पार्टी घोषणा गर्न लाग्नुभएको हो ।
गौतमको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (एकता राष्ट्रिय अभियान) रहने छ ।गौतमले निर्वाचनलाई लक्षित गरेर दल दर्ता गर्न लाग्नुभएको हो ।
घोषणा हुन लागेको पार्टीमा निर्वाचन आयोगमा दर्ता भएका समाजवादी केन्द्र नेपाल,आधुनिक नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रवादी एकता गरिएको पाण्डेले जानकारी दिनुभयो । उक्त पार्टीमा आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि सामेल हुने पाण्डेले बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्