‘राजनीतिक परिवर्तनसँगै देश समृद्धिको यात्रामा अगाडि बढेको छ: अध्यक्ष ‘प्रचण्ड’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनसँग मुलुक समृद्धिको यात्रा अगाडि बढिरहेको बताउनुभएको छ ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज आयोजना गरेको ‘नेपालमा समाजवाद: चुनौती र सम्भावना’ विषय विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तन पछाडि दलहरूले केही गरेनन् भन्नेमा कुनै सत्यता नरहेको बताउनुभयो ।
१० वर्षे जनयुद्धमा हजारौँको त्याग र बलिदानबाट नै मुलुकमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक मान्यता स्थापित भएको उल्लेख गर्दै उहाँले प्राप्त उपलब्धिलाई कमजोरी ठान्नु इतिहासप्रति अन्याय हुने बताउनुभयो ।
संविधानको प्रस्तावनामा नै मुलुक समाजवाद उन्मुख दिशामा लैजाने विषय स्पष्टसँग लेखिएको स्मरण गराउँदै पूर्व प्रधानमन्त्री दाहालले नागरिकको जीवन स्तरलाई माथि उठाउन संविधानमा धेरै महत्त्वपूर्ण मौलिक अधिकारका प्रावधान समावेश गरिएको बताउनुभयो ।
अध्यक्ष दाहालले परिवर्तनलाई जनताको घर दैलोमा पुर्याउने र जनताले अनुभूत गर्ने गरी विकास र समृद्धि ल्याउनुपर्नेमा राजनीतिक नेतृत्वबिच समान सोच बन्न नसकेको बताउनुभयो ।
रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्