एमालेले अझै बलियो र स्थापित हुँदै जानेछः पृथ्वीसुब्बा गुरुङ
लमजुङ। नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सबै जनताको सपना एमाले रहेकाले एमाले आगामी दिनमा अझै बलियो र स्थापित हुँदै जाने बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटि लमजुङद्धारा सुन्दरबजारमा आज आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो कुरा बताएका हुन् ।
मुलुकको समृद्धि र हाल उत्पन्न भएको बेरोजगार, आर्थिक संकट देखि विविध कुराहरुको समाधन एमाले सरकारमा भएमा मात्र समाधान गर्न सक्ने उनको भनाई छ ।
तसर्थ देश समृद्र्ध बनाउनका लागि आगामी निर्वाचनमा जनताले एमालेलाई साथ दिनुपर्छ उनले भने । त्यस्तै,उनले आगामी संघीय र प्रदेश निर्वाचनमा लमजुङ एमालेको लाल किल्ला हुने दाबी समेत गरे ।
एमालेलाई जनताको साथ हुने र अन्य सबै दल मिल्दा पनि कसैको केही तागत चल्ने छैन, अनि मात्र देशले विकासको गति लिनेछ ।
त्यस्तै, उनले नेपालमा अब बाम एकताको औचित्य नभएको प्रष्ट पार्नुहुँदै माओवादीको औचित्य नरहेको र एसको कुनै भविष्य नभएकाले अब सबै एमालेमा समावेश भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।
उनीहरु कांग्रेसको घोषणा पत्र लिएर हिडेर अब उनीहरु कम्युनिष्ट भइरहन सक्दैनन्, माओवादीहरुले विगतमा जे योगदान गर्यो अब उनीहरुलाई कम्युनिष्टको विरासत जोगाउने एउटा मात्र ठाउँ नेकपा एमाले होे उनले भने ।
उक्त कार्यक्रममा एमालेका केन्द्रिय सदस्य टुकाभद्र हमाल, जमिन्द्रमान घले, गण्डकी प्रदेश कमिटि सचिव धनञ्जय दवाडी लगायतले मन्तव्य राख्दै मुलुकलाई सही दिशामा लैजानका लागि एमालेले मात्र सक्ने भएकाले जनताले साथ दिन आवश्यक रहेका बताएका थिए ।
उक्त कार्यक्रममा सुन्दरबजारका द्धारिका मिश्र, रुद्धहरि ढकाल लगायत १०९ जना एमाले प्रवेश गरेका छन् ।
उनीहरुले सबै भन्दा राम्रो र देश र जनताको हितमा काम गर्न सक्ने पार्टी एमाले रहेको भन्दै एमाले प्रवेश गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्