मन्त्रीबाट विदा भएका नेकपा एसका ४ नेताहरु विद्रोहको तयारीमा
काठमाडौँ । मन्त्रीबाट विदा भएका नेकपा (एकीकृत समाजवादी)का ४ नेताहरुले विद्रोहको तयारी गरेका छन् ।
यसअघि नै उनीहरु पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध संगठित भएका थिए । तर बहुमत नपुगेपछि ब्याक भए ।
आइतबार मन्त्रीबाट राजीनामा दिएका उनीहरु आजको केन्द्रीय परिषद बैठकमा अनुपस्थित भएर तीव्र असन्तुष्टि देखाएका छन् ।
निवर्तमान मन्त्रीहरु प्रेमबहादुर आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किसान श्रेष्ठ बैठकमा अनुपस्थिति भएका हुन् ।
यससँगै नेकपा एसभित्र तरंग पैदा भएको छ ।
प्रेम आले र रामकुमारी झाँक्री कुनैपनि बेला विद्रोहको तयारीमा रहेको बताइएको छ ।
विरोध खतिवडाको पनि असन्तुष्टि छ । किसान श्रेष्ठ नेकपा एकता अभियानमा भित्री रुपमा सामेल भएको बताइएको छ ।
एमालेबाट पार्टी फुटाएर नयाँ पार्टी खोलेका नेपालले नेताहरुलाई व्यवस्थापन गर्न नसक्दा पार्टीको भविष्य नै जोखिममा पर्ने विश्लेषण गरिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्