‘जनताको बहुदलीय जनवाद’ विश्वमा मार्गदर्शन बन्न सक्छः नेता पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ‘जनताको बहुदलीय जनवाद’ विश्वमा मार्गदर्शन बन्न सक्ने बताएका छन् ।
महासचिव पोखरेलले एमालेका तत्कालीन अध्यक्ष मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्त ‘जबज’ विश्वमै मार्ग दर्शन बन्न सक्ने बताएका हुन् ।
सोमबार मदन जयन्तीको अवसरमा प्रेस चौतारी नेपालले काठमाडौँमा आयोजित कार्यक्रममा ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसम्वादमा पोखरेलले यस्तो बताएका हुन् ।
पोखरेलले भने, ‘मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद, जनताको विश्वास जितेर जनताकै सेवा गर्ने विश्वकै नमुना सिद्धान्त हो, यदि यो कुनै विकसित देशमा प्रतिपादन भएको थियो भने विश्वकै मार्गदर्शन बन्न सक्थ्यो ।’
जबजले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको बताउँदै कांग्रेस र माओवादी पनि जबजको लाइनमा आएको पाखरेलले बताए ।
माओवादीले शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली तथा कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली जबजबाटै सिकेका पोखरेलको भनाइ छ ।
पोखरेलले मदन भण्डारीको स्मपरण गर्दै नेपालमा टुटेर फुटेर बसेका कम्युनिष्टलाई समेटेर एकीकृत विशाल कम्युनिष्ट पार्टी निर्माण गर्दै विश्वमा परिचित गराउने प्रभावशाली र प्रतिभावान नेताको रुपमा आफूले मदनलाई बुझेको बताए ।
मदन भण्डारी दूरदृटि रहेको बताउँदै पोखरेलले भने, ‘विश्व कम्युनिष्टहरू कमजोर भैरहेका बेला, पूँजीवादीहरुले कम्युनिष्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिष्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु नयाँ सिद्धान्त जबज प्रस्तुत गर्ने दूरदृष्टि भएका नेता मदन भण्डारी थिए ।’
त्यस्तै, पोखरेलले मिडियाहरुलाई तथ्यपरक नभएर मालिकको इशारामा चल्ने बताए । सञ्चारमाध्यमहरु नै स्वतन्त्र भए मात्रै स्वतन्त्र अभिव्यक्ति हुने पोखरेलको भनाइ छ ।
त्यस्तै, एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले मदन भण्डारी नेपालका दार्शनिक भएको चित्रण गर्दै उनका विचारले नै नेपाललाई समृद्ध बनाउने र समाजवादको बाटोमा अघि बढाउने बताए ।
कार्यक्रम प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा एमाले केन्द्रीय नेताहरु, प्रचार तथा प्रकाशन विभागका सदस्यहरु, पत्रकार र अन्य सहभागीको उपस्थिति रहेको थियो ।
मदन जयन्तीका अवसरमा मंगलबार पनि देशभर कार्यक्रम गरिने चौतारीका महासचिव हीरामान लामाले जनाएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #शंकर पोखरेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्