सांसदहरूद्वारा राष्ट्रियसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद जितेन्द्र नारायण देवले प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्रै नागरिकता विधेयक अगाडि बढाउन आग्रह गर्दै देशको अस्तित्व सङ्कटमा नपर्ने गरी नागरिकका सबै समस्या समाधान गर्न दलहरूसँग आग्रह गर्नुभयो ।
सांसद रामचन्द्र राईले सरकारले जनताप्रतिको उत्तरदायित्वबाट भाग्न नहुने भन्दै नेपालका घरेलु उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
सांसदहरू सुरेश कुमार आले मगर, विना पोखरेल लगायतले मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै खेती गर्ने समयमा सडकमा आएर आन्दोलन गर्नुपर्ने किसानको बाध्यतालाई तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।
सांसद राजेन्द्र लक्ष्मी गैरे, विमला राई पौडेल लगायतले विवाहको उमेर २० वर्षबाट घटाउन नहुने भन्दै महिला आन्दोलनबाट प्राप्त गरेको उपलब्धि रक्षा गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्