‘विप्लव’ नेतृत्वको नेकपाका चार नेताले पार्टी छाडे
काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका चार नेताले पार्टी छाडेका छन् ।
पूर्व पोलिटब्युरो सदस्य तथा सेती महाकाली इन्चार्ज ओम प्रकाश पुन ‘निर्माण’, केन्द्रीय सल्लाहकार सदस्य शंकर बहादुर खड्का ‘सिकन्दर’, नवौं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी ‘अग्नि’ र हाल विशेष कमिटी सदस्य रमेश परियार ‘जीवन’ संयुक्त विज्ञप्ति जारी पार्टीमा नरहने जानकारी गराएका हुन् ।
“आजकै मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौँ । अहिलेसम्म सहकार्य गरेको सा पार्टीको आदरणीय नेतृत्व, सहयोद्धा र सहयोगी सम्पूर्ण सहयात्री कमरेडहरूलाई हार्दिक धन्यवादसहित भविष्यमा फेरि पनि राजनीतिका कुनै मोर्चामा भेट हुने अपेक्षा गर्दै आजैदेखि सो पार्टीमा बहन गर्दै आएको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिई अलग भएको घोषणा गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेत्रविक्रम चन्द विप्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्