Techie IT
मंगलबार, असोज २७,२०८३

राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध निर्वाचन आयोगमा दुईवटा उजुरी


मंगलबार एक र बुधबार अर्को एक टोलीले पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका छन् ।

उनीहरुले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई उजुरी दिएर फर्किएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिनुभयो ।

उनीहरुले दिएको उजुरीका सम्बन्धमा आयोगले अध्ययन तथा छानविन गरेर उचित निर्णय लिने उहाँले बताउनुभयो।

लामिछानेले गठन गरेको नयाँ पार्टीको नाममा स्वतन्त्र शब्द परेको भन्दै विभिन्न दलका नेता तथा कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट आपत्ति जनाउँदै आएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #निर्वाचन आयोग, #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्