सरकारले प्रतिपक्षी दलसँग छलफल तथा परामर्श गर्नुपर्छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रहरूसँग भरपर्दो र विश्वसनीय नीति तथा व्यवहारका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौँमा आज आयोजित पूर्वराजदूत समूहसँगको अन्तरक्रियामा अध्यक्ष ओलीले कुनै पनि राष्ट्रिय महत्त्वको विषयमा सरकारले प्रतिपक्षी दलसँग छलफल तथा परामर्श गर्नुपर्ने भन्नुहुँदै नेपालको राष्ट्रिय एकता अझै पनि सुदृढ रहेको बताउनुभयो ।
जनसङ्ख्यामा कुनै देश सानो वा ठूलो भए पनि सार्वभौमसत्ता सबैको समान हुने अध्यक्ष ओलीले उल्लेख गर्नुभयो ।
उहाँले, वर्तमान सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर राख्नुपर्ने र अन्तर्राष्ट्रिय मामिलामा सरकारले प्रतिपक्ष दलसँगको संवाद गर्नुपर्ने सुझाव दिनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्