भविष्यमा कम्युनिष्ट एकता हुनसक्छ : नेत्रविक्रम चन्द विप्लव
जुम्ला । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालका कम्युनिष्टबीच आवश्यकता पहिचान गरी भविष्यमा एकता हुन सक्ने बताउनुभएको छ । मुलुकको आर्थिक समृद्धि र राजनीतिक निकासका लागि भविष्यमा सबै कम्युनिष्ट एकै ठाउँमा आएर एकता हुन सक्ने बताउनु भएको हो ।
आइतबार कर्णाली प्रदेशको जुम्लामा पुगेका महासचिव विप्लवले पत्रकार भेटघाटमा पश्चगामी नभई अबको नेपालको राजनीतिक आवश्यकताका आधारमा कम्युनिस्ट एकता हुन सक्ने ढोका खुला रहेकोमा जोड दिनुभयो । यसका लागि सच्चा कम्युनिष्ट सँग एकता र सहकार्य हुन सक्नेमा हुनेमा जोड दिनुभयो ।
उहाँले पत्रकारको जिज्ञासामा एकदिन कम्युनिष्ट एक हुनुपर्छ र समाजवादको यात्रामा लोकतान्त्रिक शक्ति सँग मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विप्लवले विश्वमा पनि कम्युनिस्ट कम नभएको तर आपसमा नमिलेर कम देखिएको बताउनुभयो ।
नेपाल कम्युनिस्ट पाटी जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा नेता चन्दले राष्ट्रिय परिस्थितिको विषयको बारे जानकारी गराउँदै अहिले देशको राष्ट्रिय स्वाधीनता जोखिम भएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले अमेरिकाले सहयोग अनुदान दिएको एमसीसी र त्यसैसँग जोडिएको एसपीपी नेपालका लागि किमार्थ स्वीकार नहुने उल्लेख गर्नुभयो । एसपिपि जस्ता सम्झौताका विषय लिएर अमेरिकाले सैन्य ढङ्गबाट अतिक्रमण गर्ने प्रयास नेपाल र नेपालीका लागि राम्रो नभएको भन्दै देशभक्त नेपालीलाई एक हुन अपिल समेत गर्नुभयो ।
आफ्नो पार्टीमा पनि केही समस्या आएको बताउँदै देशभर कार्यकर्तालाई स्पष्ट पार्न राजनैतिक प्रशिक्षण र जनता भेटघाट गर्न अहिलेको यात्रा रहेको भन्दै असोजमा नेपाल कम्युनिस्ट पार्टीको महाधिवेशन हुने जानकारी समेत गर्नुभयो ।
५ गते जुम्ला पुग्नु भएका महासचिव विप्लवले ६ गते जिल्ला कारागारका कैदीबन्दी सँग भेटघाट गरेका छन् । भने मङ्गलवार खुल्ला कार्यक्रममा सहभागी हुने जुम्ला जिल्ला सेक्रेटरी बिर्षबहादुर शाहीले जानकारी दिनुभयो ।
नेत्र विक्रम चन्द सहित सचिवालय सदस्य सन्तोष बुढामगर, केन्द्रीय नेता भरतबहादुर बम रणवीर सहित केन्द्रीय नेताहरू अहिले जुम्लामा आउनु भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #नेत्रविक्रम चन्द
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्