समाजवादलाई सहज ढङ्गले बुझ्न जरुरी छ : केपी शर्मा ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादलाई सहज ढङ्गले बुझ्न र बुझाउन जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौँमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाको समापन समारोहमा अध्यक्ष ओलीले नेपालमा समाजवाद भनेको सुखी नेपाली र समृद्ध नेपाल भएको बताउनुभयो ।
उहाँले जनप्रतिनिधिहरूले सही नीतिको कार्यान्वयन र प्रचार गर्नुपर्ने, देश बनाउनका लागि पार्टीको आवश्यकता भएको भन्दै विकासका उद्देश्य परिपूर्ति गर्नका लागि काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो ।
उहाँले, जनप्रतिनिधिहरू अनुशासित बन्दै जनताको सेवामा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव समेत पारित गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्