नेकपा एमालेद्धारा अर्थमन्त्री शर्माको राजीनामा माग
काठमाडौँ, २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ ।
एमालेले अर्थमन्त्री विवादित बनेको भन्दै राजीनामा माग गरेर बिहीबार प्रतिनिधिसभा बैठक अवरोध गरेको हो ।
एमालेका सांसद भानुभक्त ढकालले विगत ३ दिनदेखि प्रतिनिधि सभाको ध्यानाकर्षण गराइरहेको बताउँदै भने, ‘अर्थमन्त्री बिचौलियाको चंगुलमा परेर करका दरहरू परिवर्तन गरेको र राष्ट्रघात गरेका कारणले राजीनामा दिनुपर्छ ।’
अर्थमन्त्री शर्माले गरेको राष्ट्र बैंकका गभर्नरमाथिको निलम्बन सर्वोच्चले उल्ट्याएपछि नै राजीनामा दिनुपर्ने एमालेको भनाइ छ ।
‘बिचौलियाहरूलाई करका दरहरू परिवर्तन गर्ने र राष्ट्रलाई आघात पार्ने जुन काम भएको छ । यो पछिल्लो गतिविधिबाट सरकारले अर्थमन्त्रीलाई हटाउन सकेको छैन,’ ढकालले भने, ‘हामीलाई के संका लाग्छ भने अर्थमन्त्रीभन्दा माथि पनि यसका जराले धर गरेको छ कि भन्ने ठाउँमा हामी पुगेका छौं ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जनार्दन शर्मा, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्