बृद्धबृद्धालाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्दै रत्ननगर नगरपालिका
चितवन । रत्ननगर नगरपालिकाले घरमै पुगेर बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण सुरु गरेको छ । यहाँका ८० वर्ष उमेर नाघेका बृद्धबृद्धाहरुलाइ नगरपालिकाले घर–घरमै पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिन सुरु गरेको हो ।
शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता राख्दै आएको नगरपालिकाले ८० बर्ष नाघेका बृद्धबृद्धाहरुको स्वास्थ्य रक्षाका लागी घरमै पुगेर सेवा सुरु गरेको छ ।
स्वाथ्यकर्मीले उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर आवश्यक परामर्श, खानपान र स्याहारका सम्बन्धमा जानकारी दिने, र मधुमेह, उच्चरक्तचाप तथा अन्य रोगको समेत परीक्षण गरेको नगरपालिकाले जनाएको छ ।
सामान्य देखी गम्भीर अवस्थासम्म रहेका तथा नियमित स्वास्थ्य जाँचका लागि अस्पतालसम्म जान नसक्ने बृद्धबृद्धाहरुलाई घरमै पुगेर स्वास्थ्य परीक्षण सुरु गरिएको रत्ननगर नगरपालिकाका नगर प्रमुख प्रल्हाद सापकोटाले बताए ।
नगर प्रमुख सापकोटाका अनुसार स्थानीय सरकार बृद्धबृद्धाको अभिभावक रहेकोले उनीहरुको स्वास्थ्य सुरक्षाका लागी रत्ननगर नगरपालिकाले सक्दो सहयोग गर्ने बताए । उनलेे शिक्षा र स्वास्थ्य नगरपालिकाको विशेष प्राथमिकतामा रहेको बताउँदै यसलाई कडाइका साथ कार्यान्वयनमा लैजाने बताए ।
नागरिकको स्वास्थ्य भन्दा ठूलो अरु केही नभएको बताउँदै स्वास्थ्यकर्मीलाइ परिचालन गरी घरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचारका लागी टोली खटाएको उनको भनाइ छ ।
उनका अनुसार अब कोही जेष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएका व्यक्तिले घण्टौ हिँडेर स्वास्थ्य चेकजाँच गर्न जानु नपर्ने बताए । नगरपालिकाबाट स्वास्थ्य प्रमुख माधव पौडेल सहित अनमीलाई खटाइएको छ ।
रत्ननगर नगरपालिकाले जेष्ठ नागरिक, नवजात शिशु, गर्भवती महिला र अपांगता भएका व्यक्तिको घरमै पुगेर स्वास्थ्य जाँच गर्ने कार्यक्रमले अब स्वास्थ्य सेवाका लागी अस्पतालसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ भने सरकारको गाउँगाउँमा सिहंदरबारको नारालाई समेत सार्थकता दिएको छ ।
क्याटेगोरी : राजनीति, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्