एमाले–माओवादीसहित बाम गठबन्धन तयार पार्न सक्रिय छन् यी नेता
काठमाडौं। स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बलियो जनमत ल्याएपछि संघीय चुनावमा भने बामपन्थी दलको गठबन्धन बनाउनका लागि केही नेता सक्रिय हुन थालेका छन्।
सबै बामपन्थी दलको सिट जोड्दा पनि कांग्रेस हाराहारीमा मात्र पुग्ने भएपछि संघीय निर्वाचनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका बामपन्थी पार्टीको गठबन्धन गरी चुनावमा जान सकिने विषयमा पूर्वप्रधानमन्त्रीसहितका नेता सक्रिय रहेको स्रोतले जनाएको छ।
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेकपा माअोवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, नेकपा एमाले शीर्ष नेतासँग आगामी चुनावमा गठबन्धन गरी जान सकिने कुराकानी भएको उच्च स्रोतको दाबी छ।
‘शीर्ष तहका नेतामा छलफल गराउनेगरी गठबन्धनको ढाँचा तयार गरेर मात्र चुनावमा जाँदा बामपन्थी धारले देश चलाउने मौका आउँछ, अन्यथा कांग्रेसलाई जिम्मा दिनुको विकल्प हुँदैन’, एक नेता भन्छन्,‘त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच संवाद गराउने प्रयत्न हुनेछ।’
त्यसो त स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धनका अन्य दललाई धोका दिएको भनी एमालेसँग सहकार्य गर्न सकिनेगरी जनता समाजवादी पार्टीले पनि वार्ता थालेको छ। हालै मात्र त्यस दलका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष ओलीसँग भेट गरी आगामी चुनावमा सहकार्य गर्न सकिने प्रस्ताव गरेका छन्।
यस्तो प्रस्तावसहित अगाडि जान सकिने संकेतसहित सोही पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गठबन्धन हिलोमा गाडेको किलोको रुपमा व्याख्या गरेका थिए।
गठबन्धनमा रहेका अन्य दल बामपन्थी विचारबाट नै विभाजित भएका कारण गठबन्धन गरी जाँदा घाटा नहुने भएकाले संवादलाई कायम गराउनुपर्ने कतिपयको बुझाई छ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #बामपन्थी दल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्