मूल्यवृद्धिको छानबिनका लागि संसदीय समिति बनाउन एमालेको माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको छानविन गर्न संसदीय समिति बनाउन माग गरेको छ ।
शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मूल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका हुन् ।
समितिले भएको मूल्यवृद्धि नियन्त्रण गर्ने तथा अब बढ्न नदिन सुझाव दिने भट्टराईले बताए ।
त्यस्तै, उनले कमिशनको सेटिङमा पेट्रोलियम पद्धार्थको आयात गर्न नीजि क्षेत्रलाई दिइन लागेकोमा पनि सरकारसँग जवाफ मागेका छन् ।
उनले भने, ‘आयल निगमले गरेको पेट्रोलियम पद्धार्थको आयातको कामलाई नीजि क्षेत्रलाई दिने काम असाध्यै ठूलो कमिसनको सेटिङमा आधारित छ भनेर मान्छेहरुले व्यापक रुपमा बजारमा भनिरहेका छन् । यसको जवाफ के छ ?’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #विशाल भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्