प्रचण्डले किन गरेनन् माओवादी पदाधिकारी विस्तार?
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशन सकिएको लामो समयसम्म पनि अन्य पदाधिकारी विस्तारमा चासो देखाएका छैनन्।
केन्द्रीय समितिबाट अध्यक्षमा निर्वाचित भएका प्रचण्डले चुनावअघि नै बहुपदीय प्रणालीमा जाने र पदाधिकारी विस्तार गर्ने बताइएको थियो। तर, स्थानीय निर्वाचनलाई अगाडि देखाएर उनले पदाधिकारी विस्तार नगरेका हुन्।
माओवादी एमालेको ढाँचामा नै बहुपदीय प्रणालीमा जाने तयारीमा थियो। तर, महासचिवका विषयमा विवाद हुने भएपछि प्रचण्डले पदाधिकारी विस्तार नगरेका हुन्। आगामी चुनावसम्म पनि उनले पदाधिकारी चयन गर्ने सम्भावना कम रहेको उच्च स्रोतले जनाएको छ।
महासचिवका लागि अर्थमन्त्री जनार्दन शर्मा र बर्षमान पुनको प्रसतिस्पर्धा हुने र चुनावअघि निर्णय लिएको खण्डमा माओवादीलाई समस्या पर्न सक्ने भएकाले प्रचण्डले अनिर्णित हुने चलाखी गरेको स्रोतको दाबी छ।
‘पार्टीभित्रको आन्तरिक विवादका कारण चुनावमा माओवादीमा अन्तरघात पनि हुन सक्ने सम्भावना देखेपछि प्रचण्डले निर्णय लिन नसकेका हुन्’, माओवादी स्रोतले भन्यो,‘आगामी संघीय चुनावसम्म पनि माओवादी पदाधिकारीविहिन हुने सम्भावना ज्यादा छ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्