बाम एकताका लागि वार्ता र छलफल भएकै छैन: वेदुराम भुसाल
काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले पछिल्लो समय बाम एकताका लागि वार्ता र छलफल भएको भन्ने कुरा हावादारी भएको बताएका छन् ।
तत्काललाई बाम एकता असम्भव रहेको बताउँदै उनले एमालेसँग त कुनै हालतमा सहकार्य र एकता नहुने स्पष्ट पारेका छन् । आ बुधबार बिहान एक रेडियो अन्तर्वार्ताका क्रममा भुसालले भने, ‘हामीले नेकपा एमालेसँग वार्ता, छलफल गरेको भन्ने हावादारी कुरा हो ।’
संसद् चलिरहेको बेला कोही नेता सँगै बसेको वा चिया खाने अवस्था बन्यो होला तर, बाम एकता वा एमालेसँग नेकपा एसको सहकार्यबारे कुनै वार्ता तथा छलफल नभएको जिकिर गर्दै उनले भने, ‘एमाले त वामपन्थी नै होइन । दक्षिणपन्थी, विर्सजनवादी र लोकतन्त्रलाई समाप्त गर्ने पार्टी हो । अब को वामसँग तालमेल गर्ने ? एमालेसँगै जाने कुरा बिलकुल गलत हो । अहिले वामपन्थी गठबन्धन हुँदै हुँदैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #वेदुराम भुसाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्