जनता नेपाली काँग्रेसलाई जिताउन आतुर छन्: नेता पौडेल
नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले जनता नेपाली काँग्रेसलाई जिताउन आतुर छन् भन्ने कुरा स्थानीय निर्वाचनको मत परिणामले देखाएको बताएका छन् ।
उनले आगामी प्रदेश र संघीय निर्वाचनमा काँग्रेसलाई बलियो रुपमा स्थापित गर्न स्थानीय तहबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गर्नुपर्नेमा पनि जोड दिए ।
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ७ (ख) विद्यार्थी विभागले मंगलबार आयोजना गरेको क्षेत्र नम्बर सात अन्तर्गतका नगर र वडाबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै पौडेलले जनप्रतिनिधिहरुले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
‘स्थानीय निर्वाचनमा पाएको मतबाट जनता काँग्रेसलाई भोट हाल्न आतुर छन् भन्ने देखाएको छ।
प्रदेश र संघीय निर्वाचन आउँदै छ, आगामी दिनमा पनि मतदातालाई आकर्षित गर्न सक्नुपर्छ’, उनले भने, ‘यसका लागि पार्टीले पनि स्पष्ट दृष्टिकोण निर्माण गर्छ । जनजिविकाका मुद्दाहरुलाई हाम्रो मुद्दा बनाउन सक्नुपर्छ ।’
सो क्रममा उनले जनप्रतिनिधिहरूलाई सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ७ का सभापति मुकुन्द रीजाल,बाग्मति प्रदेश सदस्य सबिन तामाङ ,तार्केस्बर नगरपालिका उपमियर शिर्जन बुर्लाकोटी,महाधिवेशन प्रतिनिधि शुशिल भट्ट लगायतका नेताहरूले कार्यक्रममा धारणा राखेको कार्यक्रम का सभापति नबिन फुयालले जानकारी दीए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्