नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ । विस २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित केन्द्रीय समितिले त्यसयता थप गरिएको तीन महीनाको अवधिमा समेत महाधिवेशन हुन नसकेपछि अन्योल देखिएको हो ।
काङ्ग्रेस बैठकले सहमतिमा नेविसङ्घको विधान पारित गर्ने र महाधिवेशनका लागि नेविसङ्घको वर्तमान कार्यसमितिको अवधि दुई महीना थप गर्न सक्ने प्रवक्ता शर्माले बताउनुभयो ।नेविसङ्घको हालको विधानमा दुईवर्षे कार्यकाल र विशेष परिस्थितिमा तीन महीना थप गर्न सकिने र सो समयमा पनि महाधिवेशन गर्न नसके स्वतः कार्यसमिति विघटन हुने प्रावधान छ ।
काङ्ग्रेस बैठकले तीन महीनाको थप अवधिलाई पाँच महीना बनाई स्वतः विघटनको सङ्घारमा पुगेको नेविसङ्घको वर्तमान कार्यसमितिलाई महाधिवेशन गर्न दुई महीना समयवधि दिनेछ । यस सम्बन्धमा पार्टीमा सहमति जुट्ने प्रवक्ता शर्माले विश्वास व्यक्त गर्नुभयो । नेविसङ्घका बारेमा निर्णय लिन शनिबार बोलाइएको काङ्ग्रेस बैठकमा सहमति हुन नसकेकाले सभापति शेरबहादुर देउवा पार्टी कार्यालय पुग्दा नेविसङ्घका नेता कार्यकर्ताले नाराबाजीसमेत गरेका थिए । यसअघि संस्थापन पक्ष नेविसङ्घको वर्तमान कार्यसमितिको म्याद थपेर महाधिवेशन गर्न दिने पक्षमा थियो भने संस्थापन इतर पक्षको भने वर्तमान कार्यसमिति भङ्ग गरेर महाधिवेशनका लागि तदर्थ समिति बनाउनुपर्ने माग थियो ।
आइतबारको बैठक अघि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित निर्देशक समितिले विधान परिमार्जनलगायत विषयमा छलफल गरेको थियो । विसं २०२७ मा गठन भएको नेविसङ्घ काङ्ग्रेसको प्रभावशाली भ्रातृ संस्था हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेविसङ्घको विवाद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्