‘लोकतान्त्रिक प्रणालीमा आमनागरिक सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित: प्रदीप पौडेल
काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले लोकतान्त्रिक प्रणालीमा आमनागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित भएको बताएका छन् । बालेन्द्र साह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारको विजयले यसलाई पुष्टि गरेको भन्दै पौडेलले नागरिकले जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहने पनि बताए ।
‘बालेन्द्र शाह, हर्क साङ्गपाङ्ग र गोपाल हमाल लगायतका स्वतन्त्र उमेदवारमाथि नागरिकहरुले गरेको विश्वास र भरोसाले लोकतान्त्रिक प्रणालीमा आम नागरिक नै सर्वेसर्वा हुन् भन्ने भाष्य पुनःस्थापित भएको छ । र, आजका नागरिक जनप्रतिनिधिको रुपमा एक विशुद्ध सेवक चाहन्छन्, इमान्दार व्यक्ति चाहन्छन्, स्थानीयस्तरमा घुलमिल हुँदै आम मतदातासँग हातेमालो गरेर अघि बढ्ने पथप्रदर्शक चाहन्छन्, स्पष्ट विचार, भिजन र एजेण्डा चाहन्छन्,’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
स्थानीय तह निर्वाचनबाट जनताको नजरमा आफूलाई अब्बल साबित गर्न सफल सबै स्वतन्त्रबाट विजेता जनप्रतिनिधिहरुलाई हार्दिक वधाई तथा सफल कार्यकालको लागि अग्रिम शुभकामना दिएका छन् ।
उनले काँग्रेस जस्तोसुकै चुनावी परिणाम आएपनि हरेक परिस्थितिमा आम नागरिकसँगसँगै उभिँदै आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘आगामी दिनहरुमा पनि परिस्कृत हुँदै आम मतदाताहरूको चाहनाको उच्च मूल्याङ्कन गर्दै अझ प्रष्टसँग आफ्ना विचार, भिजन र एजेण्डा सहित तपाईँहरुसँगै सहकार्य गरिरहनेछौं ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्