केपी ओलीओलीको प्रश्न, प्रधानमन्त्री ज्यू, नेपाल एक चीन नीतिमा छ कि छैन ?
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भनेर प्रश्न गर्नुभएको छ ।
सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागि बन्दै उहाँले नेपाल पछिल्लो समय परराष्ट्र नीतिमा कमजोर बन्दै गएको बताउनुभयो ।
उहाँले सामान्य विदेशका सहायक मन्त्री आउँदा पनि जताततै घुम्न दिएर नेपालको इज्जतको हुर्मत दिने काम सरकारले गरेको बताउनुभयो ।‘ सहायक विदेशमन्त्री आउँदा नै यो सरकार थुरथुर हुन्छ, तीन दिन कामज्वरो छुट्छ,’ उहाँले भन्नुभयो, ‘कहाँसम्मको लाचारी हो ? यस्तो सरकारले कसरी देशको स्वाधीनता रक्षा गर्छ ?
परराष्ट्र नीतिलाई सरकारले संकुचन गर्ने काम गरेको भन्दै उहाँले यसको जवाफ प्रधानमन्त्रीले सदनमा दिनुपर्ने माग गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्