उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्ने बजेट ल्याइयोस् : प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सरकारले देशमा देखिएका समस्या समाधान गर्ने बजेट ल्याउनुपर्ने बताएका छन्।
खासगरी देशमा बढ्दो व्यापारघाटालाई ध्यान दिँदै उत्पादनमूलक क्षेत्रमा खर्च बढाउने र आयात घटाउने गरी बजेट निर्माण गर्न सुझाव दिएका हुन्।
‘वर्षौँदेखि नेपालको निर्यात व्यापार निरन्तर कमजोर बनेकै कारण मुलुकको शोधनान्तर स्थिति प्रतिकूल बनेको छ’, उनले भनेका छन्, ‘१६ खर्बको हाम्रो बजेटमा जम्मा सात महिनाको व्यापार घाटा नै सवा ११ खर्ब पुगेको थियो। अहिले नेपालको अर्थतन्त्र धराशायी बन्ने चिन्ता छ।’ उनका अनुसार नेपालले आयात प्रतिस्थापन, विलासिताका वस्तुहरूको आयातमा कडाइ, पेट्रोलियम पदार्थको कम उपयोग, आत्मनिर्भर कृषि र निर्यातमूलक वस्तुहरूको उत्पादनमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
यस्ता विषयलाई बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले पुँजीगत खर्च बढाउनुपर्ने आवश्यकता पनि औँल्याएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले भनेका छन्, ‘हामीले एकातिर पर्याप्त पुँजीगत खर्च गर्न सकिरहेका छैनौँ। अनि हाम्रो आयात खर्च भने आकाशिँदो छ।’
अहिलेको विषम् परिस्थितिलाई मध्यनजर गर्दै उनले साउन १ गतेबाट नै कार्यान्वयन गर्न सकिने खालका परियोजनामा जोड दिनुपर्नेमा जोड दिएका छन्। ‘ता कि उत्पादनशील क्षेत्रमा तत्कालै पुँजीगत लगानी होस्। खर्च बढी गरेर नै भए पनि पूँजी बनाउने र उत्पादन हुने क्षेत्रमा खर्च गर्दै व्यापारघाटा कम गर्न अबको बजेट लक्षित हुनुपर्छ’, उनले भनेका छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्