ट्राफिक जरिवानाबारे अभिव्यक्तिले विवादमा तानिएपछि महावीर पुनले मागे माफी
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ट्राफिक जरिवानाबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि माफी मागेका छन् ।
काठमाडौंमा महँगो ट्राफिक जरिवानाका कारण आत्मदाह प्रयास गरेका युवकको विषयसँग मिल्दोजुल्दो अभिव्यक्ति भएपछि विवादमा तानिएका पुनले शनिबार फेसबुकमा लेख्दै माफी मागेका हुन् ।
काठमाडौंमा पठाओ चलाउने मुगुका २५ वर्षीय गणेश नेपालीले ट्राफिक जरिवाना बुझाउन नसकेको भन्दै आत्मदाह प्रयास गर्दा उनको उपचारका क्रममा निधन भएको थियो ।
घटनाभन्दा पहिले नै पुनले ट्राफिक जरिवाना ५० हजार रुपैयाँ हुनुपर्ने बताएका थिए ।
विवादमा तानिएसँगै पुनले एक वर्षसम्म सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूलाई कुनै पनि अन्तर्वार्ता नदिने घोषणा गरेका छन् ।
पुनले लेखेका छन्, ‘आजदेखि मैले कुनै पनि ठूला साना युटुबरसहित सोसल मिडियाहरु र पत्रकारहरु कसैलाई पनि अति महत्वपूर्ण सार्वजनिक महत्वका विषय बाहेक एक वर्षसम्म एक शब्द पनि अन्तरवार्ता दिनेछैन ।’
क्याटेगोरी : राजनीति
ट्याग : #ट्राफिक जरिवानाबारे अभिव्यक्तिले विवादमा तानिएपछि महावीर पुनले मागे माफी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्